चितवन विशेष

भरतपुरकी मेयर दाहालले भनिन्ः भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य

Banner

चितवन, असोज २५-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन् ।

लक्की मिडिया हाउस चितवनले भरतपुरमा गरेको अवार्ड तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भरतपुर भ्रमण वर्ष महानगरपालिकाले आयोजना गरे पनि समग्र रुपमा हामी सबैको साझा कार्यक्रम रहेको प्रष्ट पारिन् ।

‘भ्रमण वर्षको प्रचारप्रसारमा कलाकारको भूमिका महत्वपूर्ण हुन्छ’,उनले भनिन्, ‘भ्रमण वर्षबारे कलाकारले बोल्दा प्रभाव राम्रो पर्छ । कलाकारले यो अभियानलाई आफ्नै अभियानका रुपमा लिन आग्रह गर्छु ।’

कलाकार भनेको राष्ट्र गहना हुन्, यो गर्वको विषय भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भरतपुर भ्रमण वर्ष–२०२४ लाई थोरै बोल्दै पनि धेरै प्रचार हुने प्रमुख दाहालले बताइन् ।

भरतपुरमा अयोजना भएको लक्की फिल्मी अवार्डले अग्रज कलाकारलाई तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरेकोमा प्रमुख दाहालले खुसी व्यक्त गरिन् । महानगरपालिकामा देशकै सबैभन्दा ठूलो सभागृह (सिटी) मा एकै पटक तीन हजार जना एक साथ भरतपुरमा निर्माणधीन सिटी हलमा यस्ता अवार्ड कार्यक्रमहरु अर्को वर्षसम्म सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा कलाकार निर शाहको विषेश उपस्थिति रहेको थियो भने कलाकार हरिवंश आचार्य, आर्यान सिग्देश, संगितकार आन्नद कार्की, गायक डेबिट शंकर, गायिका साईमा श्रेष्ठ, नायिका वर्षा राउतलगायत चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>