चितवन विशेष
चितवनको चेपाङ बस्तीका ६५ घरधुरीलाई खाद्यान्न बितरण
०

चितवन, असोज २५-
चितवनको राप्ती नगरपालिका–१२ बक्राङका ६५ घरधुरी चेपाङ परिवारलाई खाद्यान्न सहयोग भएको छ ।
सद्भाव युवा समाज नेपाल –कतारले आज ती चेपाङ परिवारलाई करिब दुई लाख रुपैयाँ बराबरको खाधान्न बितरण गरेको हो ।
सो वडाको वडा सदस्य अशोक लामाको समन्वयमा सदभाव युवा समाज नेपालको अध्यक्ष प्रदिप रुपाखेतीको अध्क्षयतामा कार्यक्रम सम्पन्न भएको समाजका सदस्य आनन्दराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























