स्वास्थ्य
उपराष्ट्रपति यादव बिरामी, राष्ट्रपतिले गरे स्वास्थ्यलाभ कामना
०

काठमाडौं, असोज २५-
उपराष्ट्रपति रामसहायप्रसाद यादव बिरामी भएका छन्। उनलाई डेंगी लागेको छ। उपराष्ट्रपति यादव सिभिल अस्पताल उपचाररत छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार बिहान उपराष्ट्रपति यादवलाई फोन गरेर स्वास्थ्यलाभ कामना गरेका छन्। ‘राष्ट्रपतिज्यूले टेलिफोन गरी उपराष्ट्रपतिज्यूसँग कुराकानी गर्नुभयो। उहाँले उपराष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थाको जानकारीसमेत लिनुभएको छ,’ राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























