चितवन विशेष

फोहोर व्यवस्थापनमा काम गर्ने मजदुरमा स्वास्थ्य समस्या व्यापक

Banner

चितवन, असोज २४-
फोहोर व्यवस्थापनमा काम गर्ने मजदुरहरुको स्वास्थ्य समस्या व्यापक देखिएको छ । नेपाल विकास समाज चितवनले आज(बुधबार) भरतपुरमा राखेको स्वास्थ्य शिविरमा आएका मजदुरलाई कुनै न कुनै समस्या देखिएको भरतपुर अस्पतालका चिकित्सक डा सन्दिप पाण्डेले जानकारी दिए ।

फोहोर संकलन र डम्पिङ साइडमा काम गर्ने मजदुरमा फरक फरक समस्या देखिएको उनले बताए । फोहोर संकलन गर्नेमा बढी छालाको समस्या देखिएको छ । डम्पिङ साइडमा काम गर्नेहरुमा स्वासप्रस्वास, मुटुरोग, मधुमेह, जण्डिस र आँखाको समस्या देखिएको पाण्डेले बताए । यी रोग देखिनुको प्रमुख कारण फोहोर नै भएको उनले बताए ।

भरतपुर महानगरपालिका भित्र दैनिक २० देखि २५ ट्रक फोहोर उठ्न गर्दछ । यस क्षेत्रमा १ सय ५० जनाभन्दा बढी कामदार रहेका छन् । उनीहरुले आफ्नो स्वास्थ्य चेकजाँच नियमित नगर्ने गरेको उनले बताए । अधिकांशले पहिलोपटक स्वास्थ्य सेवा लिएको उनको भनाई छ । एक दिने शिविरमा सरसफाई कर्मचारीलाई स्वास्थ्य जाँच, चिकित्सा परामर्श र आवश्यक स्वास्थ्य सेवा समेत प्रदान गरिएको नेपाल विकास समाज चितवनका कार्यक्रम संयोजक ई सागर कार्कीले जानकारी दिए । शिवरमा १ सय ८ जनाले सेवा लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>