अन्तर्राष्ट्रिय

इजरायलको अस्पतालमा उपचाररत ४ जना नेपाली विद्यार्थीमध्ये दुई डिस्चार्ज

Banner

काठमाडौँ, असोज २४-

इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह ‘हमास’को आक्रमणमा परी घाइते भइ उपचारत दुई जना डिस्चार्ज भएका छन् ।
बुधबार इजरायलको पछिल्लो घटनाक्रम र नेपालीहरूको अवस्थाबारे जानकारी गराउँदै परारष्ट्रमन्त्रालयले उपचाररत चारजनामध्ये दुईजना विद्यार्थी डिस्चार्ज भएको जानकारी गराएको हो ।
परराष्ट्र मन्त्रालयको प्रवक्ता सेवा लम्सालले अस्पतालमा उपचाररत दुईजना डिस्चार्ज भएको खबर भर्खरै प्राप्त भएको जानकारी दिइन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा रहेकामध्ये १० जनाको हमासको आक्रमणमा परी निधन भएको छ । जसमध्ये ४ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो ।

इजरायलमा हालसम्म करिब ४ हजार ५०० जना नेपालीहरू केयरगिभरको रुपमा कार्यरत रहेका छन्। इजरायलमा अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत गएका थिए।

तीमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना,त्रिभुवन विश्ववविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए। यस्तै प्रवक्ता लम्सालले हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीको शव इजरायली सरकारको संरक्षणमा रहेको र नेपाल ल्याउने वित्तिकै आफन्तको जिम्मा लगाइने बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>