Breaking News
कांग्रेस भरतपुर–२४ वडा सभापति लामालाई साधारण सदस्यबाटै निस्कासन गर्न सिफारिस
०

चितवन, असोज २४-
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–२४ का वडा सभापति इन्द्रबहादुर लामालाई पार्टीको साधारण सदस्यबाटै निस्कासन गर्न सिफारिस गरिएको छ ।
चितवन कांग्रेसले वडा सभापति लामा पार्टी हित विपरितका गतिविधिमा संलग्न भएको तथ्य र प्रमाण फेला परेको भन्दै पार्टी सदस्यता खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गरेको हो ।
असोज ८ गते बसेको बैठकले लामालाई पार्टी सदस्यबाट निस्कासनका लागि सिफारिस गर्ने निर्णय गरेको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले एक विज्ञप्ति मार्फत जानकारी गराएका हुन् । त्यस्तै, लामालाई वडाको क्रियाशिल सदस्यता नवीकरणको जिम्मेवारीबाट मुक्त गरिएको जिल्ला सभापति खनालले बताएका छन् ।
रिक्त वडा सभापतिको पदपुर्तीको लागि असोज २७ गते वडाको क्रियाशिल भेला बोलाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























