समाचार

बाग्मतीमा अनलाइनबाट ब्लु बुक नवीकरण गर्न बन्द गरियो

Banner

काठमाडौं,असोज २३
बाग्मतीको श्रम रोजगार तथा यातायात मन्त्रालयले अनलाइनबाटै सवारी ब्लु बुक (बिल बुक) नवीकरण गर्ने र सवारी कर तिर्न सेवा स्थगित गरेको छ । भुक्तानीमा समस्या आएको भन्दै सेवा स्थगित गरेको हो । वैकल्पिक व्यवस्था नगरी सेवा रोकेपछि धेरै सेवाग्राही मर्कामा परेका छन् ।

सवारी दर्ता किताब (ब्लु बुक) नवकीरण सहित कर भुक्तानी लगायतका नागरिक एपमा समेत राखिएको सेवा हटेपछि नागरिकहरुले दैनिक रुपमा प्रधामनन्त्री तथा मनित्रपरिषद कार्यालयको हेलो सरकारमा पनि गुनासो पोखिरहेका छन् ।

बाग्मती प्रदेशले संघीय सरकारले नै बनाएको प्रणाली प्रयोग गर्ने गरी पुरानो प्रविधिलाई अद्यावधिक नगरेपछि सेवा बन्द भएको हो । प्रदेश मन्त्रालयले २०७८देखि यातायात व्यवस्थापन सूचना प्रणाली बनाएर त्यसैमार्फत अनलाइन सेवा दिन सुरु गरेको थियो । चल्तीमा ई–वालेटहरुबाट अनलाइनमार्फत नै कर तिर्ने व्यवस्था समेत थियो ।

गत चैतदेखि नै सेवामा समस्या आएपनि सेवा पूर्णतः रोकिएको थिएन । तर, नयाँ आर्थिक वर्ष लागेपछि कार्यालयले सेवा रोकेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>