बलिउड/हलिउड

रहेनन् ‘यमला पगला दिवाना २’ का निर्देशक संगीत सिवान

Banner

काठमाडौं, वैशाख २७-

मलायलम र हिन्दी फिल्मका निर्देशक संगीत सिवानको मृत्यु भएको छ। ६५ वर्षका सिवानको बुधबार निधन भएको हो। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार मुम्बईको एक प्राइभेट हस्पिटलमा उनको उपचार भइरहेको थियो।

उनले आमिर खान अभिनीत फिल्म ‘राख’ बाट फिल्म मेकिङमा पाइला राखेका थिए। यो फिल्ममा उनी निर्देशक होइन लेखक थिए। फिल्ममा उनी कार्यकारी निर्माता पनि थिए।

उनले निर्देशकको रूपमा मलयालम फिल्म ‘व्यूहम’ बाट डेब्यू गरेका थिए। यो फिल्म सन् १९९० मा रिलिज भएको थियो। उनले सन् १९९८ मा ‘जोर’ बाट बलिउड फिल्म निर्देशनमा डेब्यू गरेका थिए।

उनले मलयालम फिल्म ‘योद्धा’ र ‘ड्याडी’ निर्देशन गरिसकेका छन् भने बलिउड फिल्म चुरा लिया है तमने, क्या कूल है हम, अपना सपना मनी मनी, एकः द पावर अफ वान, यमला पगला दिवाना २ जस्ता फिल्म निर्देशन गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>