समाचार

दसैँः अमेरिका र क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत,कुन देशमा कति बजे ?

Banner

काठमाडौं,असोज २३

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत रहेको छ ।

अमेरिकाको न्युयोर्कमा १०ः४७ बजे, केन्टुकीमा ११ः३१ बजे, टेक्सासमा ११ः०३ बजे, वासिङ्गटन डीसीमा १०ः५३ बजे र क्यालिफोर्नियामा १०ः३१ बजे टीकाको शुभसाइत जुरेको छ । क्यानडाको टोरोन्टोमा ११ः१७ बजे र भ्यानकुभरमा ११ः३५ बजे शुभ साइत रहेको छ ।

यसैगरी भारत, जापान, अस्ट्रेलिया, न्‍युजिल्यान्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, यूएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्‍यानमार र स्विट्जरल्यान्डसहितका देशमा २४ तारिखमा टीकाको शुभ साइत रहेको छ ।

नेपालबाहिर दसैँको उत्तम साइत कहिले ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>