Breaking News

दसैँमा चितवन प्रहरी २४ सै घण्टा हाइअलर्टमा, ठाउँठाउँमा सरप्राइज चेकिङदेखि सादा पोशाकमा गस्ती

Banner

चितवन, असोज २३-

नजिकिँदै गरेको दसैँतिहार र छठमा चितवन प्रहरी २४ सै घण्टा आइहलर्टमा रहने भएको छ ।

आज पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दाे शान्ति सुरक्षा कामयम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो ।

चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला, झै–झगडा, गुण्डागर्दी जस्ता अपराधिक गतिविधिहरुलाई मध्यनजर गरी त्यस प्रकारका कुनै पनि घटना हुन नदिने तयारी प्रहरीको सुरक्षा योजनामा समावेश छ । समाजलाई भयमुक्त वातावरण बनाउने र कुनै अप्रिय घटना घटेमा तत्काल सुरक्षा कारबाही गरी भरपर्दो शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले चाडपर्व लक्षित विषेश सुरक्षा योजना निर्माण गरिएको प्रहरीले जनाएको हो ।

प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सुरक्षा योजना सार्वजनिक गर्दै शहरका भीडभाड हुने ठाउँ र बसपार्कहरुमा २४ सै घण्टा प्रहरी अलर्टमा रहने बताएका छन् । प्रहरीले बसपार्कमा यात्रुको पीरमर्का बुझ्न यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । चितवनमा पुलचोक, पोखरा बसपार्क, केन्द्रीय पारस बसपार्क, मुग्लिन बजारमा रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यसैगरी चितवनका ११७ टोलसुधारसँग समन्वय गरेर प्रहरीले सुरक्षाको रणनीति बनाएको छ । प्रहरीको सुरक्षा योजनामा कमाण्ड पोष्ट, रिजर्भ, स्ट्रइकिङ, क्यूआरटी परिचालन, सिमानामा चेकजाँच, अस्पतालमा उद्धार टोली र १२ वटा समूहमा ट्राफिकसहितको संयुक्त चेकिङ हुने भएको छ । प्रहरीले दसैँतिहार र छठलाई लक्षित गरेर ठाउँठाउँमा सरप्राइज चेकिङ, सवारीसाधनद्वारा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती सञ्चालन गर्नेछ ।

त्यस्तै प्रहरीले चितवनका धार्मिक र पर्यटकीय स्थलको सुरक्षा गर्नुको साथै बैँक सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । सादा पोशाकमा चेकजाँच र बजार अनुगमन गर्नाको साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्नेछ । चाडपर्वमा विशिष्ट व्यक्तिको सुरक्षा गर्नुको साथै झैझगडा र जुवातास नियन्त्रण र अवैद्य मदिरा नियन्त्रणको लागि पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्ने चितवन प्रहरीको तयारी छ ।
पत्रकार सम्मेलनकै अवसरमा यस आर्थिक वर्षमा हराएका ८१ वटा मोबाइल धनीलाई बुझाएको पनि चितवन प्रहरीले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>