देश/प्रदेश

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा इजरायलका नेपालीलाई फर्काउन सरकारसँग आग्रह

Banner

चितवन, असोज २२-

पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको युद्धमा परी १० नेपाली विद्यार्थीहरुको निधन भएको र अन्य कयौँ घाइते भएकामा दुख प्रकट गरेका छन् ।

शाहको सम्वाद सचिवालयले आज एक व्यक्तव्य जारी गर्दै इजरायलमा रोजगारमा रहेका नेपालीहरु युद्धको चपेटाबाट रहेकामा गम्भीर चिन्ता लागेको पनि पूर्वराजा शाहले दुःख व्यक्त गरेका हुन ्।

पूर्वराजा शाहले वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

उनले यस अवस्थामा शान्त कूटनीतिक क्षमता दर्शाउने आवश्यकता रहेको पनि बताएका छन् ।

आजको दुनियाँमा युद्ध र द्वन्द्वले कहिँ पनि राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि पूर्वराजाले दर्शाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>