देश/प्रदेश

राष्ट्रपति कार्यालय अगाडिबाट आममाफीको विरुद्ध प्रदर्शन गर्ने १३ मानव अधिकारवादी पक्राउ

Banner

काठमाडौं, असोज २२-

राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहित १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् ।

मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरू पक्राउ परेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोडेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ ।

प्रदर्शनमा नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहेको थियो । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिएका सजाय माफीको विषय निकै विवादित बनिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>