चितवन विशेष

चितवनमा डेँगुबाट ६२३ जना संक्रमित, बिगत २४ घण्टामा पाँच जना थपिए

Banner

चितवन, असोज २१-

चितवनमा डेँगुबाट साउनदेखि अहिलेसम्म साउनदेखि अहिलेसम्म ६२३ जना संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार आठ हजार ४२ जनाको परीक्षणमा ६२३ जना संक्रमित भएका हुन् ।

त्यसैगरी चितवनमा बिगत २४ घण्टामा पाँच जना डेँगु संक्रमित थपिएको स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । अहिलेसम्म भरतपुर महानगरपालिकामा १८० जना, खैरहनी नगरपालिकामा ६९ जना, माडी नगरपालिकामा ८ जना, रत्ननगर नगरपालिकामा ७९ जना, राप्ती नगरपालिकामा ३९ जना, कालिका नगरपालिकामा ८ जना र इच्छाकामनामा १७ जना नागरिक संक्रमित भएका छन् । संक्रमितमध्ये ८७ जनाको ठेगाना खुलेको छैन भने अन्य जिल्लाबाट आएका १३६ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । साउनदेखि असोज २१ सम्म चितवनमा डेँगुको कारणले एक जनाको मृत्यु भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>