चितवन विशेष

इजरायलमा रहेकी चितवनकी सुमित्रा भन्छिन्ः पहिले भन्दा अहिले अली डरलाग्दो अवस्था छ

Banner

चितवन, असोज २१-

बिगत १४ वर्षदेखि इजरायलको तेलअभिभमा रहेकी चितवनकी सुमित्रा दवाडीले बिगतको इजरायल प्यालेस्टाइन युद्ध भन्दा यसपटकको लडाइ खतरनायक रहेको बताएकी छन् ।

शहरको भित्री भागसम्म हमासका लडाकुहरु छिरेकोले घरबाट बाहिर निस्कन नै खतरा भएको उनले नारायणी अनलाइनलाई बताएकी हुन् । उनले भनिन्, ‘ पहिले आकाशमा रकेटको लडाइ हुन्थ्यो तर अहिले शहरको गल्लीगल्लीमा हमासका लडाकुहरु घुसेकोले घरको ढोका खोल्न नै डर छ । सरकारले ढोका नखोल्नु र बाहिर ननिस्कनु भनेको छ । साइरन बज्ना साथ घरको बङ्करभित्र छिर्ने हो । घरमा रहेको खाद्यान्न खाएर बस्ने हो ।’ उनले आर्मीको ड्रेसमा हमासको लडाकु शहरभित्र छिरेको भन्ने सूचना प्रवाह भइरहेको बताइन् । उनी भन्छिन्, हामी आफ्नो सुरक्षाको लागि मोबाइलमा सोही सम्बन्धी एप डाउनलोड गरेका छौं । बङकरमा बसेर एप प्रयोग गर्छौं । एपबाट आज कता आक्रमण हुन्छ , कसरी सुरक्षित रहने भन्ने सूचनाहरु प्राप्त भइरहन्छ । ’ घरमा केयरगिभरको काम गर्ने सुमित्राले इजरायली नागरिकले हमासका लडाकुहरु प्रवेश गर्न दिनु नै इजरायली सरकारको गल्ती भएको बताउँदै आएको नारायणी अनलाइनलाई बताइन् ।

भरतपुर–१४ दिव्यनगरकी सुमित्राले घरभित्र काम गर्ने केयरगिभर भन्दा पनि बाहिर खेतबारीमा काम गर्ने नेपाली विद्यार्थीहरु समस्यामा रहेको बताइन् । हाताहातीको अवस्था के कसो छ भनेर इजरायलका सुरक्षा निकायहरुले जानकारी लिनसमेत नसकेको उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>