Breaking News

विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बनाएको सर्वाधिक रनको रेकर्ड दक्षिण अफ्रिकाले तोड्यो

Banner

एजेन्सी, असोज २०–

विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बनाएको सर्वाधिक रनको रेकर्ड दक्षिण अफ्रिकाले तोडेको छ । भारतमा जारी विश्वकपमा आज दक्षिण अफ्रिकाले श्रीलंकासामु निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा सर्वाधिक ४२८ रन बनायो ।

उसका लागि तीन खेलाडीले शतक पुरा गरे । ओपनर क्विन्टन डे ककले एक सय, रस्सी भ्यान डर डुसेनले १०८ र एडेन मार्करामले १०६ रनको शतकीय इनिङ खेले । डेविड मिलर नटआउट ३९ र हेनरिक क्लासेनले ३२ रनको योगदान दिए । विश्वकप क्रिकेटमा हालसम्म अष्ट्रेलियाले सर्वाधिक ४१७ रन बनाउँदै रेकर्ड कायम गरेको थियो ।

यस्तै आजको खेलमा छिटो शतक बनाउने रेकर्ड पनि दक्षिण अफ्रिकाले तोडेको छ । एडेन मार्करामले ४९ बलमा १०२ रन बनाउँदै छिटो शतक पुरा गर्ने रेकर्ड बनाएका हुन् । हालसम्म आयरल्याण्डका केभिन ओब्रायनले  २०११ को विश्वकपमा इङल्याण्डविरुछ छिटो शतक पुरा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>