अन्तर्राष्ट्रिय

हमासद्वारा इजरायलमाथि पाँच हजार बढी रकेट आक्रमण गर्दा कम्तीमा २३ जनाको मृत्यु

Banner

जेरुसेलम, असोज २०-

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि शनिबार आक्रमण गरेको छ।

द न्युयोर्क टाइम्सका अनुसार हमासका बन्दुकधारीहरूले शनिबार अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गरेका हुन् ।

हमासले रकेटबाट पनि आक्रमण गरेको छ । इजरायलको एम्बुलेन्स सेवाले कम्तीमा २३ जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । आक्रमणबाट सयौं मानिसहरू घाइते भएका छन् । मृतकहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

यो पछिल्ला वर्षहरूमा हमासले इजरायलमाथि गरेको सबैभन्दा ठूलो आक्रमण हो । अहिले गाजाका विभिन्न स्थानमा हमास लडाकु र इजरायली सैनिकबीच भिडन्त भइरहेको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमाससँग इजरायल युद्धमा रहेको बताएका छन् । उनले हमासको आक्रमणको प्रतिकार गर्न मिलिटरी रिजर्भिस्टसलाई पनि बोलाएका छन् ।

‘हाम्रा दुश्मनले कल्पना नै नगरेको मूल्य चुकाउनु पर्ने छ,’ नेतन्याहुले भनेका छन्, ‘हामी युद्धमा छौं र हामीले यो युद्ध जित्नेछौं ।’

इजरायली सेनाले अहिले गाजामा हवाई कारबाही थालेको छ । हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरू भएको बताएका थिए ।

उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका थिए । ‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो,’ उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>