चितवन विशेष

भरतपुरमा युवाहरुको विदेश पलायनबारे अन्तरक्रिया

Banner

चितवन, असोज २०-

भरतपुरमा युवाहरुको विदेश पलायनबारे अन्तरक्रिया भएको छ ।

चितवनमा युवाहरुको विदेश पलायन बढ्दै गएपछि भरतपुरको गुरुकुल माविमा व्यवस्थापन संकायमा कक्षा– १२ मा अध्ययनरर विद्यार्थीसँग सो अन्तरक्रिया भएको हो ।

अहिलेको युवा पुस्ताको विदेश पलायन हुने समस्या र समाधानका रुपमा युवा उद्यमशिलता आजको प्रमुख आवश्यकता विषयमा केन्द्रित रही अन्तरक्रिया गरिएको छ । कार्यक्रममा स्रोत व्यक्तिका रुपमा युवा उद्यमी विशाल कोइरालाले श्रव्यदृश्य सामग्रीसहितको कक्षा सञ्चालन गरेका थिए । कोइरालाले युवाहरू के कारणले विदेश पलायन हुँदैछन्, हाम्रो देशमा भइरहेको यो ब्रेन ड्रेन कसरी सामाजिक समस्या बनेको छ, यसका नकारात्मक असरहरु के छन् र यसलाई समाधान कसरी गर्न सकिन्छ (?) भन्ने विषयमा बोलेका थिए । उनले उद्यमशिलता, युवा स्वरोजगारका सकारात्मक पक्षहरु र कसरी उद्यमी बन्ने, देशमै केही गर्न पनि अथाह सम्भावनाहरु छन् भन्दै उत्प्रेरित गरेका थिए । कार्यक्रममा कक्षा १२ मा अध्ययनरत १४० जना विद्यार्थी सहभागी थिए भने कलेजका शैक्षिक निर्देशक सिर्जन अविरल, कार्यक्रम संयोजक सुशील रेग्मी, निवर्तमान प्राचार्य नवीन भण्डारी तथा सञ्चालक समिति सदस्य रुद्रनाथ दवाडीको पनि उपस्थित थियो ।

कार्यक्रम संयोजक सुशील रेग्मीले गुरुकुलले विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा जोड्दै आएको बताए । गुरुकुल माविले यस्ता खालका कार्यक्रम हरेक हप्ताको दुई दिन गर्ने गरेको बताए । शैक्षिक निर्देशक सिर्जन अविरलका अनुसार कलेजले आफ्ना विद्यार्थीलाई वर्षभरि नै नियमितरूपमा यस्ता कार्यक्रमहरु गराइराखेको र आफ्नो शैक्षिक क्यालेन्डरमा समेत समावेश गरेको जानकारी गराए । कार्यक्रममा निवर्तमान प्राचार्य नवीन भण्डारी र सञ्चालक समिति सदस्य दवाडीले युवा उधमी कोइरालालाई मायाको चिनो प्रदान गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>