चितवन विशेष

चितवनमा ४३ औँ विश्व खाद्य दिवस मनाइयो, भरतपुरमा जनचेतनामूलक र्‍याली 

Banner

 

निरुता बि.क

चितवन, असोज २०–

चितवनमा ४३ औं विश्व खाद्य दिवस मनाइएको छ ।

शनिबार बिहान पुलचोकबाट चाँैबिसकोठीसम्म र्‍याली निकाली विश्व खाद्य दिवस मनाइएको हो ।

४३ औँ विश्व खाद्य दिवस खाद्यका लागि कृषि अभियान, विश्व खाद्य दिवस मूल आयोजक समिति, जिल्ला प्राङ्गारिक संघ चितवनलगायत संघसंस्थाले आयोजना गरेका खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिए ।

कार्यक्रममा दुई दिनसम्म मनाइने उनको भर्ना रहेको छ । उनले कार्यक्रममा रैथाने खाना चखाउने, साङ्केतिक कार्यक्रमको माध्यमबाट जनचेतना अभिवृद्धि गर्नेलगायतको कार्यक्रम रहेको बताए । यस्तै दुई दिने कार्यक्रमअन्तर्गत आइतबार अन्तरक्रियात्मक, कार्यपत्र प्रस्तुत गर्नेलगायतको कार्यक्रम रहेको उनले जानकारी दिए ।

उनले बिगत १० वर्षदेखि सरकारसँग सहकार्य गर्दै विश्व खाद्यदिवस फरक फरक ढङ्गले मनाउँदँैे आएको जानकारी दिए । अहिलेको विकासे कृषि मोडलले सुक्ष्म जिवाणु, मित्र जिव सँगसँगै मानव सभ्यतामाथि धावा बोलिरहेको सन्दर्भमा यसरी खाद्य दिवस मनाउँदा सकारात्मक सन्देश दिने उनले बताए । उनले भने, ‘अहिलेको रसायन मिश्रित खेतीपातीले मानव स्वास्थ्यमा समस्या पु¥याएको छ । यसमा उत्पादक, उपभोक्ता र नीति निर्माताहरु सच्चिन जरुरी छ ।’ उनले रसायन मिश्रित खेतीपातीले मानव स्वास्थ्यमा समस्या पु¥याएकोले उत्पादक, उपभोक्ता र नितीनिर्माताहरु सच्चिन जरुरी रहेको बताए । ¥यालीमा कुषि वन विश्वविद्यालयका विद्यार्थी, चितवन मेडिकल कलेजका डाक्टर, विभिन्न कृषक समूहलगायतको उपस्थित रहेको थियो ।

खानाका लागि खेतीपाती अभियानका कार्यकता कृष्ण पौडेलले अहिले किसानले खेतीपाती जोगाउन नसकेको अवस्था सिर्जना भएको बताए । ¥याली कार्यक्रममा सहभागी भएका उनले किसानले खेतीपाती जोगाउन नसकेका कारण किसान विदेश पलायन भएको बताए । उनले भनेका छन्, ‘खाद्यान्न नभई अरु कुराको केही अर्थ छैन । हामीले खाने खाना विषाक्त छ । त्यो खाना खान योग्य छैन ।’ खेतीपाती कसरी जोगाउने र यसलाई कसरी स्वच्छ बनाउने भन्ने विषयमा सबैको चासो बढोस् भनेर यो कार्यक्रम गरिएको उनले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>