Breaking News
चितवन आएर माधव नेपालले भनेः प्रचण्ड सरकारको विकल्प छैन
०

चितवन, असोज १९–
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले प्रचण्ड सरकारको कुनै विकल्प नरहेको बताए ।
समाजवादी जागरण अभियानअन्तर्गत आज (शुक्रबार) चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कुनै विकल्प नभएको बताएका हुन् ।
उनले भने, ‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन । हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा पनि बनाएका छौं । वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरेका छौं । लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई अगाडि लिएर जान्छौं ।’
नेता नेपालले प्रतिगमनकारीहरुले अहिले पनि यो व्यवस्थालाई भत्काउने योजना बनाइरहेको आरोप लगाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























