समाज
कपिलवस्तुमा एकै घरका दुई दिदिबहिनीलाई सर्पले डस्दा एकको मृत्यु अर्कोको अवस्था गम्भीर
०

रूपन्देही,असोज १७-
कपिलवस्तुमा दुई बालिकालाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने अर्को एक जनाको अवस्था गम्भीर रहेको छ । कपिलवस्तु वाणगंगा नगरपालिका-९ भलवाड जिनुवास्थित मोतीलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रीतिका र ८ वर्षीय इशिकालाई मंगलबार राति सर्पले डसेको थियो ।
वाणगंगा नगरपालिका( ९ का वडाध्यक्ष कमल पौडेलले गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा बहिनीको मृत्यु भएको र दिदीको अवस्था चिन्ताजनक रहेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका रीतिकाको उपचारको क्रममा मृत्यु अस्पतालका सूचना अधिकारी डा। नेत्रबहादुर रानाले जानकारी दिए । इशिकाको भने भेण्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























