Breaking News

नेपालगञ्जमा कर्फ्युको उल्लंघन भएपछि सेना परिचालन

Banner

बाँके, असोज १६-

बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।

हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवाद उग्र बन्दै गएपछि आज दिउँसो १ बजेबाट कर्फ्यू लगाए पनि झडप नियन्त्रण नभएपछि सेना परिचालन गरिएको हो ।

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । अहिले झडप रोकिएको छ । ठूलो संख्यामा गल्ली–गल्लीमा प्रहरी परिचालित छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले शान्ति सुरक्षा कायम गर्न सेनाको सहयोग लिइएको जानकारी दिएका छन् ।

दुवै समूहलाई छलफलका लागि बोलाइएको भएपनि अहिलेसम्म कोही नआएको र प्रयास जारी रहेको उनले जानकारी दिए । तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि यहाँ दुई समुदायबीच तनाव बढेको हो ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>