कृषि

माछाको आयात रोक्न माग गर्दैै व्यवसायीले गरे रवि लामिछानेको ध्यानाकर्षण

Banner

चितवन, असोज १६-

मत्स्य व्यवसायी संघले आफ्ना समस्याबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएको छ ।

संघको प्रतिनिधिमण्डलले आज सभापति लामिछानेलाई भेटेर किसान र व्यावसायीका समस्याबारे अवगत गराउँदै समन्वयका लागि आग्रह गरेको हो ।
प्रतिबन्धित मागुर जातको माछा र त्यसका भुराको निर्वाध आयात तत्काल रोक्नुपर्ने संघको माग छ । संघका प्रतिनिधिले माछाको अबैध आयातका कारण नेपाली किसान मारमा परिरहेको, सरकारी अनुमति बेगर पनि आयात भइरहेको, ओसारपसार अव्यवस्थित रहेको, दाना उत्पादनका लागि आवश्यक मिटमिल आयातमा रोक लगाइएकोलगायत विषयमा सभापति लामिछानेको ध्यानाकर्षण गराएका हुन् ।

माछा पोखरीमा पानी व्यवस्थापनका लागि प्रयोग हुने विद्युत्को शुल्क उद्योग सरह रहेको भन्दै संघले कृषिअन्र्तगत ल्याउने पहलको लागि पनि आग्रह गरेको छ ।

सभापति लामिछानेले संघका मागबारे आफू पहिलादेखि नै जानकार रहेको भन्दै अवैध आयात रोक्न सके मात्रै पनि किसानले ठूलो राहत पाउन सक्ने औंल्याए । मत्स्य किसान र व्यवसायीका माग सम्बोधनमा आवश्यक समन्वय गर्ने बताएका लामिछानेले विद्युत् शुल्कबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तत्काल परामर्श गर्ने पनि जानकारी पनि दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>