Breaking News

राष्ट्रपतिलाई मारिएका मानन्धरकी श्रीमतीले प्रश्न गरिन्, ‘मेरो ठाउँमा तपाईँको छोरी थिइन् भने के गर्नुहुन्थ्यो?’

Banner

काठमाडौं, असोज १६-

गुन्डा नाइके रिगल भनिने योग ढकालबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारतीले मान्छे मारेर आममाफी पाउने भए बदला लिनका लागि आफूलाई हतियार दिन सरकारलाई आग्रह गरेकी छिन् । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै भारतीले भनिन्, ‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं ।’

रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती न्याय खोज्दै काठमाडौं आइपुगेकी हुन् ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । धरधरी आँशु झार्दै राष्ट्रपतिलाई भारतीले प्रश्न गरिन् , ‘मेरो ठाउँमा तपाईँको छोरी थिइन् भने के गर्नुहुन्थ्यो ?’

उनले वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताइन् । ‘वर्षौं लगाएर अड्डा अदालत धाएर पाएको न्यायको अर्थ के भयो र ?, भारतीले भनिन् । उनले रिगललाई आम माफी दिइएपछि आफू पुरानै पीडामा फर्किएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>