स्वास्थ्य

बङ्लादेशमा अघिल्लो वर्षको तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्यो

Banner

असोज १६-

बङ्लादेशमा डेङ्गीको सङ्क्रमण थप फैलिन थालेको छ । समाचार संस्था अल जजिराका अनुसार बङ्लादेशमा यसपालि डेङ्गीका कारण एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । यो अघिल्लो वर्षाको तुलनामा झण्डै चार गुणाले धेरै हो ।

पछिल्लो नौ महिनामा डेङ्गीका कारण बङ्लादेशमा एक हजार १७ जनाको ज्यान गएको र दुई लाखभन्दा धेरै सङ्क्रमित भएका तथ्याङ्क छ।

बङ्लादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले सन् २००० पछिको हरेक वर्षको तुलनामा डेङ्गीबाट ज्यान गुमाउनेको सङ्ख्या यस वर्ष उच्च रहेको जनाएको छ । एजेन्सीँ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>