स्वास्थ्य
सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते
०

दाङ, असोज १५-
सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन्।
घाइतेमध्ये जिल्लाको छत्रेश्वरी गाउँपालिका–३ दोली गाउँका ४० वर्षीय राजु केसीको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार उनको अनुहार र हात खुट्टामा चितुवाको आक्रमणबाट घाउ लागेको छ।
त्यस्तै सोही ठाउँका १६ वर्षीय छविलाल केसी, २७ वर्षीय भीमसेन थापा र ४० वर्षीय टेकबहादुर थापालाई पनि चितुवाले आक्रमण गरेको प्रहरीले बताएको छ। उनीहरूको तीनै जनाको स्थानीय मेडिकलहरूमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
अहिले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























