देश/प्रदेश

नौ महिनामा करिब ७ लाख पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतीय

Banner

काठमाडौं, असोज १४-

सन् २०२३ को नौ महिनामा करिब ७ लाख पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म ६ लाख ९२ हजार ३७२ जना पर्यटक भित्रिएका हुन्।

तथ्यांकअनुसार सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल आएका छन्। पर्यटकीय सिजन सुरू भइसकेकाले पर्यटकको संख्यामा वृद्धि भएको देखिन्छ।

सेप्टेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन्। बोर्डकाअनुसार भारतबाट २८ हजार ६९४ जना पर्यटक भित्रिएका हुन्।त्यस्तै, चीनबाट ८ हजार १७४, अमेरिकाबाट ७ हजार ३६४, बंगलादेशबाट तीन हजार ७१६, अष्ट्रेलियाबाट तीन हजार ६८५, बेलायतबाट तीन हजार ६४०जना पर्यटक भित्रिएका छन्।

त्यस्तैगरी, श्रीलंकाबाट तीन हजार ११, जर्मनीबाट दुई हजार ८५२ र दक्षिण कोरियाबाट दुई हजार पर्यटक भित्रिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>