Breaking News
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा
०

काठमाडौं, असोज १४-
चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ ।
समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराउँदै क्वाटरफाइनल पुगेको हो । २१३ रनको लक्ष्य पछ्याएको मालदिभ्स ७४ रनमा समेटियो । माल्दिभ्सलाई सस्तोमा समेट्न नेपालका अविनाश बोहरा एक्लैले ६ विकेट लिए । सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक(एक विकेट हात पारे ।
अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिएका थिए । माल्दिभ्सका तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडे । मध्यक्रमका मुआभियाथ गानीले ३६ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोड्यो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























