स्वास्थ्य

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै

Banner

काठमाडौँ,असोज १३-

सरकार र आन्दोलनरत चिकित्सकहरूबीच वार्ता हुने भएको छ। शनिबार अपरान्ह ४ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता हुन लागेको हो। अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमणका घटनाहरू बढेसँगै स्वास्थ्यकर्मीहरू झण्डै एक सातादेखि आन्दोलनमा छन्।

सरकारले उनीहरूलाई बिहीबार वार्तामा समेत बोलाएको थियो। तर आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>