स्वास्थ्य
आन्दोलनरत डाक्टर १ जना मात्र गएपछि गृहमन्त्री श्रेष्ठले बोलाएको वार्ता स्थगित
०

काठमाडौं,असोज १३-
आन्दोलनरत डाक्टरहरु वार्तामा नपुगेपछि वार्ता स्थगित भएको छ । गृहमन्त्रालयमा बस्ने गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठले आह्रान गरेको वार्तामा आन्दोलनरत चिकित्सकहरु अनुपस्थित भएपछि वार्ता स्थगित भएको हो ।
वार्ता गर्नका लागि नर्सिङ परिषद्की अध्यक्ष प्रा सरला केसी, भगवान कोइराला लगायत डाक्टरहरु गृहमन्त्रालय पुगेका थिए भने सरकारको तर्फबाट गृहमन्त्री श्रेष्ठ गृहसचिव, शिक्षा सचिवहरु पुगेका थिए ।
तर आन्दोलनरत चिकित्सकहरु मध्ये १ जना मात्र आएपछि वार्ता नबसेको गृहमन्त्रालय स्रोतले बतायो । अर्को वार्ता बेलुका ४ बजेका लागि बोलाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























