क्रिकेट

अभ्यास खेलमा बंगलादेशसँग हार्‍यो श्रीलंका

Banner

गुवाहाटी, असोज १३–

आईसीसी विश्वकप क्रिकेटको अभ्यास खेलम बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य बंगलादेशले ४२ औँ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्याएको हो ।

बंगलादेशलाई जीत दिलाउन तानजिद हसनले ८४ रनको शानदारी पाली खेले । उनले यस क्रममा १० चौका र २ छक्का हिर्काए । कप्तान मेहदी हसनले ६७ रन बनाए भने लिट्टन दासले ६१ रनको पाली खेले ।

यसअघि ओपनर पाथुम निशांकाको ६८ रनको मद्दतले श्रीलंकाले ४९।१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । धनञ्जय डी सिल्भाले ५५ रन तथा कुशल परेराले ३४ रन बनाए । बंगलादेशका लागि हसनले ३ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>