चितवन विशेष

चितवनमा खुल्यो ‘प्लस साइज नेपाल’को शाखा

Banner

चितवन, असोज ११–

फेन्सी सामग्री विक्री गर्दै आइरहेको प्लस साइज नेपालले चितवनमा शाखा विस्तार गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच नारायणगढस्थित हङकङ बजार रोडमा प्लस साइजले चौथो शाखा विस्तार गरेको हो । प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहोराले शाखाको समुद्घाटन गरे ।

सो क्रममा बोल्दै अध्यक्ष बोहोराले चितवनलगायत छिमेकी जिल्लाका ग्राहकहरुलाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको बताए । उनले छिट्टै देशका अन्य ठूला शहरहरुमा पनि शाखा विस्तार गर्न लागिएको जानकारी दिए ।

करिब पाँच वर्षअघि काठमाडौँको बसुन्धराबाट प्सल साइज नेपालको स्थापना भएको थियो । हालसम्म काठमाडौँको बसुन्धरासंगै कुमारीपाटी र नवलपुरको कावासोतीमा शाखा रहेको छ । चितवनमा शाखा स्थापनासंगै ४ वटा पुगेको छ । अब पोखरा र बुटवलको सिटी सेन्टर शाखा स्थापना गर्न लागिएको प्लस नेपालका सिइओ अनिल बस्नेतले जानकारी दिए । प्लस नेपालले आफ्नै ब्राण्डका कपडाहरु उत्पादन र विक्री गर्दै आइरहेको छ ।

काठमाडौँमा रहेको उद्योगमा हाल डेढ सय कर्मचारीले रोजगारी पाएका छन् । स्मल साइजदेखि ८ साइजसम्मका कपडाहरु (१५० केजीसम्मका महिलाका लागि) प्लस नेपालमा पाइने भएकाले ग्राहकको आकर्षण समेत बढेको सिइओ बस्नेतले बताए । उनले कम्पनीको अनलाइन व्यापारको १० प्रतिशत ग्राहक चितवनका भएकाले नारायणगढमा शाखा विस्तार गरिएको बताए । शाखा स्थापनासंगै अनलाइनबाट बुकिङ गर्ने ग्राहकहरुले पसलमै पुगेर आफ्नो साइज अनुसारका कपडा किन्न पाउने बस्नेतले बताए ।

शाखा स्थापनासंगै कम्पनीले सबै कपडाहरुमा एक सातासम्मका लागि १० प्रतिशत छुट दिएको छ । कम्पनीले नेपालमा मात्र नभई अर्डर अनुसार विदेशमा समेत कपडा निर्यात गर्दै आइरहेको छ । पछिल्लो समय कम्पनीले कस्मेटिक सामग्रीहरु समेत विक्री गर्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>