चितवन विशेष

मेट्स इन्टरनेशनल चितवनले पर्सी शुक्रबार ‘अष्ट्रेलिया क्यानडा इन्फो डे’ गर्दै

Banner

चितवन, असोज १०-

नारायणगढको मेट्स इन्टरनेशनल एण्ड भिसा सर्भिसेजले यही सेप्टेम्बर २९ तारिख अर्थात आश्विन १२ गते शुक्रबारका दिन ‘अष्ट्रेलिया क्यानडा इन्फो डे’ कार्यक्रम गर्ने भएको छ ।

बिगत १५ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा निरन्तररुपमा सञ्चालन हुँदै आइरहेको मेट्सले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा क्यानडा जान चाहने विद्यार्थी तथा अभिभावकका लागि लक्षित गरी सो कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा अष्ट्रेलिया तथा क्यानडाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थिति रहने मेट्स इन्टरनेशनल नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

सो मेट्सको शहिदचोकस्थित कार्यालयमा हुने कार्यक्रममा अष्ट्रेलिया तथा क्यानडाका युनिभर्सिटी, कलेजहरुमा अध्ययन गर्ने विषय, छात्रवृत्ति तथा उपलब्ध सेवाका बारेमा प्रतिनिधिसँग प्रत्यक्षरुपमा परामर्श लिन सकिने जनाएको छ । साथै सो दिन उपस्थित हुने विद्यार्थीका लागि मेट्सले विशेष गिफ्ट ह्याम्पर सहित पीटीई, आईएलटीएस तयारी कक्षा तथा प्रोसेसिङमा शतप्रतिशत छुट सहित केही भाग्यशाली विद्यार्थीहरुले गायक सबिन राईको कन्सर्टको टिकट समेत प्राप्त गर्न सक्नेछन् ।

अत्याधुनिक कम्प्युटर ल्याब, दक्ष प्रशिक्षक, उचित शैक्षिक परामर्शदाताको कारण मेट्स इन्टरनेशनलले आफ्नो छुट्टै परिचय निर्माण गरेको छ । धेरैजसो विद्यार्थीहरुको पहिलो रोजाइ बनेको मेट्स इन्टरनेशनलले अहिले पीटीई र आईईएलटीएस कक्षा सञ्चालन साथै युके, अष्ट्रेलिया र क्यानडाको लागि उचित परामर्श दिँदै आइरहेको छ ।

विसं २०६४ सालमा काठमाडौंको पुतलिसडकमा मुख्य कार्यालय स्थापना गरी आफ्नो सेवा शुभारम्भ गरेको मेट्सले चितवनमा २०६५ साल भाद्र २१ गते विधिवत रुपमा पहिलो शाखा स्थापना गरेको थियो । मेट्स इन्टरनेशनलले गुणस्तरियताको लागि विद्यार्थीहरुको शैक्षिक स्तर, भाषा परीक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सही विश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका साथै छात्रवृत्तिका बारेमा सहि तथा तथ्यपरक परामर्श दिँदै आएको छ।

मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसले नेपाल, भारत, अष्ट्रेलिया र फिलिपिन्स गरी २१ स्थानमा आफ्नो ब्यवसायिक सञ्जाल बिस्तार गरी विधार्थीहरुलाई सेवा दिँदै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>