चितवन विशेष

चितवनका कवि गणेश श्रमणको नयाँ कृति ‘आगो लिएर गाउँगाउँमा’ दसैँमा सार्वजनिक गरिँदै

Banner

चितवन, असोज ९-

चितवनका कवि गणेश श्रमणको नयाँ कविता सङ्ग्रह ‘आगो लिएर गाउँगाउँमा’ यसै दसैँको अवसरमा सार्वजनिक गरिने भएको छ ।

चार खण्डमा ६० वटा कविता संङ्ग्रहित कृतिलाई फिनिक्स बुक्सले सार्वजनिक गर्ने तयारी गरेको हो ।

‘आगो लिएर गाउँगाउँमा’ भन्ने नयाँ कृतिको नाम राखिए पनि कुनै ध्वंसात्मक खालको विषय नसेमेटी आगोलाई चेतनाको विम्वको रुपमा प्रयोग गरिएको कवि श्रमणले नारायणी अनलाइनलाई जानकारी दिए ।

भरतपुर महानगरपालिका–५ रामवाग निवासी श्रमणले २०४६ सालको जनआन्दोलनबाट प्रभावित भएर कविता लेख्न सुरु गरेका हुन् । उनले यसअघि २०५७ सालमा ‘शब्दहरु अबिराम यात्रामा’ संयुक्त कविता सङ्ग्रह र २०६६ सालमा ‘शब्द क्रान्ति’ एकल कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन् ।
पर्वतको कुर्गामा जन्मिएका श्रमणले चेतना र विद्रोहमा आधारित भएर सामाजिक विकृति र विसंगतिका विरुद्ध सरल भाषामा कविता लेख्न रुचाउँछन् । विभिन्न पत्रपत्रिकामा नियमित कविता छपाइरहने श्रमण झण्डै आधादर्जन साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित भएका छन् । कविताको चिन्तन, अध्ययन, विश्लेषणमा रमाउने श्रमणको वास्तविक नाम गणेश प्रसाद शर्मा हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>