चितवन विशेष

चितवनका ढुंगानालाई तथ्यांकशास्त्रमा विद्यावारिधी

Banner

चितवन, असोज ८-

भरतपुर महानगरपालिका–४ लंकूका गोविन्दप्रसाद ढुंगानाले तथ्यांक शास्त्रमा विद्यावारिधी(पीएचडी) गरेका छन् ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रहेका ढुंगानाले भारतको गोरखपुर विश्वविद्यालयबाट पीएचडी गरेका हुन् ।

सन् २०१८ मा विश्वविद्यालयमा पीएचडीको लागि भर्ना भएका ढुंगानाले यसै वर्ष पीएचडीको उपाधि लिएका हुन् । उनले स्वास्थ्य सम्बन्धी तथ्यांकको विश्लेषणलाई पीएचडीको मुख्य अनुसन्धानको विषयवस्तु बनाएका थिए ।

बागलुङको ताराखोलामा जन्मिएका ढुंगानाले बागलुङकै धम्जाबाट एसएलसी उतीर्ण गरेका हुन् । उनले आईएस्सी भरतपुरको वीरेन्द्र क्याम्पसबाट, बीएस्सी काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट र तथ्यांक शास्त्रमा एमएस्सी त्रिभुवन विश्वविद्यालयबाट पूरा गरेका थिए । बागलुङको विकट गाउँबाट संघर्ष गर्दै पीएचडीसम्मको अध्ययन पूरा गरेकोले उनलाई निकै मेहनती र राम्रो शैक्षिक पृष्ठभूमि भएका व्यक्तित्वको रुपमा लिने गरिन्छ । केही समय भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा पनि प्राध्यापन गरेका उनले २०६३ सालबाट वीरेन्द्र क्याम्पसमा तथ्यांकशास्त्र पढाउन सुरु गरेका थिए । उनले पीएचडीपछिको जीवन सबै नयाँ पुस्तालाई प्राध्यापन गर्दै अध्ययन र अनुसन्धानमा बिताउने लक्ष्य बनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>