खेलकुद

भरतपुरमा भएको अन्तरविद्यालय सितोरियो कराँँतेमा विजय स्कुल पहिलो

Banner

चितवन, असोज ८

भरतपुरमा भएको अन्तरविद्यालय सितोरियो कराँते प्रतियोगितामा विजय स्कुल पहिलो भएको छ ।

नेपाल सितोरियो कराँँते संघ चितवन र सनराइज इङ्ग्लिस स्कुलको संयुक्त आयोजनामा सम्पन्न दोस्रो सनराइज चितवन जिल्ला विद्यालय स्तरीय सितोरियो कराँँतेमा विजय इङ्ग्लिस स्कुल पहिलो भएको हो ।

दुई दिन चलेको प्रतियोगितामा विजय स्कुलले ११ स्वर्ण, दुई रजत र १२ कास्य गरी २५ पदक जितेको छ । १२ पदक जितेको स्काइराइडर सेकेन्डरी बोर्डिङ स्कुल दोस्रो भएको छ । स्काइराइडरले तीन स्वर्ण, चार रजत र पाँच कास्य हात पारेको छ ।

पुरुषतर्फ २० केजी तौल समूहमा ठिमुराका अभि प्रजाले स्वर्ण, हरैराका अंंकेश महतोले रजत तथा ओम शान्तिका मनिष अधिकारी र विजय स्कुलका वियश गुरुङले कास्य जिते । २५ केजीमा विजय स्कुलका अनुज कुमालले स्वर्ण, सनराइजका संंदिप कँडेलले रजत तथा रामपुरका विराज विक र पिटुसिटुका कृष्ण डुमले कास्य जिते ।

३० केजीमा रत्ननगरका रोज तामाङले स्वर्ण, धर्मचोकका सविन विकले रजत तथा ठिमुराका समिर प्रजा र पार्वतीपुरका गौरव वास्तोलाले कास्य हात पारे । ३५ केजी तौल समूहमा रामपुरका आशिष तामाङले स्वर्ण, रामपुरकै सिजन गुरुङले रजत तथा हिमालयन बोर्डिङका सिजन रानाभाट र सुलभ मगरले कास्य जिते ।

४० केजी तौलमा गोलाघाटका प्रिन्स कुमालले स्वर्ण, नेपाल आदर्श शिक्षा सदनका सेजल महतोले रजत तथा भरतपुरका इशान ठाकुर र जनप्रियका रविन सुनारले कास्य हात पारे । ४५ केजीमा रत्ननगरका सुदिप सापकोटाले स्वर्ण जित्दा जगतपुरका सज्जन जोशीले रजत तथा विजय स्कुलका रेनिश खड्का र नेपाल आदर्शका अब्दुल्लाह अन्सारीले कास्यमा चित्त बुझाए । ५० केजी तौलमा विजय स्कुलका रामसिंह मोक्तानले स्वर्ण पदक हात पारे भने रामपुरका निशान विकले रजत जित्दा विजय स्कुलका सुगम थापा मगर र गोलाघाटका हिमांंशु मगरको नाममा कास्य पदक रह्यो । ५५ केजीमा विजय स्कुलका अभिषेक कुमाले स्वर्ण, रत्ननगरका सुदिप सुनारले रजत तथा पार्वतीपुरका मनिष बस्याल र प्रशान्त तामाङले कास्य हात पारे ।

६० केजी समूहमा विजय स्कुलका मिलन नेपालीले स्वर्णमा आफ्नो नाम लेखाए । रत्ननगरका राज भुजेलले रजत तथा रत्ननगरकै सुशान्त सापकोटा र हिमालयनका सम्राट तामाङले कास्य जिते । खुलातर्फ स्काई राइडरका शिव भुजेलले स्वर्ण जित्दा रामपुरका सुगम कठायतले रजत तथा विजय स्कुलका सन्देश गुरुङ र रामपुरका रोजिन थापाले कास्य हात पारे ।

महिलातर्फ २० केजीमा ठिमुराकी एन्जल गुरुङले स्वर्ण, गोलाघाटकी प्रजना कुमालले रजत तथा नमुना स्कुलकी करुणा चितौरे मगर र आँँपटारीकी अनुष्का थापामगरले कास्य जिते । २५ केजीमा जगतपुर रोनिशा चौधारीले स्वर्ण जित्दा, बालकुमारी इङ्ग्लिस स्कुलकी वर्षा लामाले रजत तथा नेपाल आदर्श समिक चौधरी र आँँपटारीकी सुदिना क्षेत्रीले कास्य हात पारे ।

३० केजीमा ओम शान्तिकी सिया पौडेलले स्वर्ण जित्दा गोलाघाटकी दिया कुमालले रजत तथा विजय स्कुलकी सिया पौडेल र सनराइजकी सुप्रिमा पौडेलले कास्य जिते । ३५ केजीमा जगतपुरकी दिया बास्तोलाले स्वर्ण जितिन् । गड्यौलीकी निलम तामाङले रजत तथा स्काइराइडर एस्मी गुरुङ र विजय स्कुलकी एन्जिला तामाङले कास्य हात पारे ।

४० केजी ओम शान्तिकी अलिएस आले मगरले स्वर्ण हात पार्दा पार्वतीपुरकी अस्मिना मगरके रजत तथा पार्वतीपुरकै सबिना किस्कु र गोलाघाटकी इलिसा मगरले कास्यमा आफ्नो नाम लेखाए । ४५ केजीमा विजय स्कुलकी नम्रता वाइबाले स्वर्ण जितिन् भने नारायणी ई बोर्डिङकी सुबिस्ना गुरुङले रजत तथा ओमशान्तिकी सुबु ढकाल र आँपटारीकी सृजना थापा मगरले कास्य जिते ।

५० केजीमा भरतपुरकी प्रिया गुरुङले स्वर्ण, ओम शान्तिकी डेनिसा केसीले रजत तथा विजय स्कुलकी सेजल बानियाँ र अस्मिता तामाङले कास्य हात पारे । ५५ मा विजयकी ममता गुरुङले स्वर्ण, विजयकै चादनी तामाङले रजत तथा ओमशान्तिकी प्रनिता अधिकारी र पार्वतीपुरकी अन्जना विकले कास्य जिते ।
खुलातर्फ विजय स्कुलकी कृतिका पौडेलले स्वर्ण जित्दा विजयकै दिक्षिका लिम्बुले रजत तथा रामपुरकी जेशिका गुरुङ र हिमालयनकी श्रीनन थापा मगरले कास्य जिते । पुरुष एकल काँँतामा विजय स्कुलका मिलन नेपालीले स्वर्ण जिते भने रामनगरका निहाल आलमले रजत तथा गड्यौयौली मन्जिल तामाङ र हरैयाका अकेश महतोले कास्यमा चित्त बुझाए ।

महिला एकल काँँतामा बालकुमारीकी वर्षा लामाले स्वर्ण जितिन् भने गड्यौलीकी जेशिका लामिछानेले रजत तथा विजय स्कुलली ममता गुरुङ र आँँपटारीकी सृजना थापा मगरले कास्य जिते । स्काई राइडरका सुदिप सापकोटा पुरुषतर्फ तथा ओमशान्तिकी आलियास थापा मगर महिलातर्फ उत्कृष्ट खेलाडी चुनिए । डन एकेडेमी राइजिङ टिम बन्यो भने आदर्श विद्याश्रम अनुशासित टिम बन्यो । कार्यक्रमको समापन समारोह बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको प्रमुख अतिथि रहेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>