Breaking News

चितवनमा गैंडालाई खाल्डोमा पारेर मार्ने चार जना २५ वर्षपछि पक्राउ

Banner

चितवन, असोज ८-

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैंडा मारेको अभियोगमा चार जनालई प्रकाउ गरिएको छ । निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गैंडा मारेको अभियोगमा २५ वर्षपछि ४ जनालाई प्रकाउ गरिएको हो ।

प्रकाउ पर्नेमा २५ वर्षदेखि फरार रहेका काले बानियाँ भनिने गोगनबहादुर बानियाँ क्षेत्री, विष्णु कार्की, यामबहादुर बानियाँ र हरि कार्की रहेको तिवारीले जानकारी दिएका छन् ।

चितवन निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा शनिबार काले बानियाँ क्षेत्री, विष्णु कार्की , आइतबार सानोपोखराबाट यामबहादुर बानियाँ र जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा पाँचखालबाट शनिबार नै हरि कार्कीलाई प्रकाउ गरिएको तिवारीले जानकारी दिए । उनका अनुसार हाल उनीहरुलाई जिल्ला कारागार कार्यालय भरतपुर पढाइएको छ ।

निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वमा रहेको पन्ना खोला नजिक गैंडा खाल्डोमा पारेर खाग काटी लगेका अवस्थामा २०५५ साल कात्तिक २८ गते निकुञ्जका कर्मचारीले गस्तीको क्रममा मृत गैंडा फेला पारेका थिए।

Press Release 2080-06-08

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>