चितवन विशेष

भरतपुरको प्रेरणा कलेजमा अनेरास्ववियुको कमिटी गठन, सुशान्त अध्यक्ष

Banner

चितवन, असोज ७-

एमाले निकट अनेरास्ववियुले भरतपुरको प्रेरणा कलेज कमिटीमा सुशान्त शर्माको अध्यक्षतामा २३ सदस्यीय कलेज कमिटी चयन गरेको छ ।

अनेरास्ववियु जिल्ला कमिटी चितवनले ४५ दिने संगठन विस्तार अभियानअन्तर्गत आज प्रेरणा कलेजबाट संगठन बिस्तार अभियान शुभारम्भ गरेको हो ।

प्रशन्न शर्माको अध्यक्षतामा सम्पन्न सम्मेलनमा अनेरास्ववियु जिल्ला अध्यक्ष हरि आचार्य, अनेरास्ववियु भरतपुर महानगर कमिटी संयोजक सुवास सुवेदी, जिल्ला कमिटी सहसचिवद्वय निश्चल चदारा र प्रदिप पराजुली, जिल्ला कमिटी सदस्य कुशल ढकाल, महानगर कमिटी सदस्य बिना अधिकारी, अमृत अधिकारी र आयुष अर्यालको विशेष उपस्थिति रहेको थियो ।  संगठन विस्तार अभियानअन्तर्गत चितवनका सबै निजी, सामुदायिक र सरकारी क्याम्पसहरुमा संगठन विस्तार र पुर्नगठन गर्ने तयारी भइरहेको अनेरास्ववियु चितवनका अध्यक्ष आचार्यले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>