Breaking News

पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित

Banner

काठमाडौं, असोज ६- 

नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन् । पारसल् ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाएका छन् । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>