चितवन विशेष

लेखापढी व्यवसायलाई मर्यादित बनाऔंः मन्त्री श्रेष्ठ

Banner

चितवन,असोज ६-

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गर्नुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको शनिवार चितवनको भरतपुरमा आयोजित सातौं राष्ट्रिय परिषद बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जनतालाई सहज रुपमा सेवा प्रदान गर्दै पारदर्शी काम गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

‘मालपोत, नापीका कर्मचारी र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट विभिन्न आरोप लाग्दै आएको छ,उहाँले भन्नुभयो, सेवाग्राही मैत्री काम गरेर आगामी दिनमा आरोप आउने परिस्थितिको अन्त्य हुनुपर्छ ।’ उहाँले लेखापढी व्यवसायीले सेवा शुल्क पारदर्शी रुपमा लिन र पहिचान दिने पोशाक लगाउन आग्रह गर्नुभयो । मालपोत, नापी र सेवाग्राहीविच पुलको काम लेखापढी व्यवसायले गरेको भन्दै उहाँले व्यवसायीक सुरक्षाका लागि सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

भूमि सुधार, मालपोत र नापीबाट प्रदान हुने सेवा सरल, सहज र छिटो छरितो बनाउन सहयोगी संस्थाको रुपमा लेखापढी व्यवसायीले सहयोग गरिरहेको उहाँले बताउनुभयो । लेखापढि व्यवसायलाई जिम्मेवार निकाय मानेको भन्दै व्यवसायीक मर्यादामा रहेर काम गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।

सरकारले मालपोत र नापीको काम अनलाइन प्रणालीबाट गर्नेगरी रुपान्तरण गरिरहेको मन्त्री श्रेष्ठको भनाई छ । उहाँले सेवाग्राही र कर्मचारीसंग निरन्तर अन्तरक्रिया र छलफल गरेर सेवा प्रवाहलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>