चितवन विशेष

एमाले बागमती प्रदेशको उपाध्यक्षमा चितवनका दावा लामा उम्मेदवार बन्ने

Banner

चितवन , असोज ५–

नेकपा (एमाले)को बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते हुँदैछ । अधिवेशनको दिन नजिकिदै जाँदा नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसैक्रममा चितवनका लोकप्रिय नेताको छवि बनाउन सफल प्रदेश मन्त्री दावा दोर्जे लामाको नाम पनि उपाध्यक्ष पदको लागि चर्चामा छ । लामाले आफू उपाध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।

बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहँदा उनले प्रदेशभरिका सबै नेता कार्यकर्ताहरू मात्र नभै जनमुखी उत्कृष्ट कार्यक्रम ल्याई लोकप्रिय नेताको रूपमा आफूलाई स्थापित गरेको उनी निकट कार्यकर्ताको दावी छ । निरंकुश पंचायती व्यवस्था विरुद्ध २०४३ मा जनपक्षीय प्रधानपञ्च समेत भएका लामा विगत ४५ वर्षदेखि सक्रिय राजनीतिमा निरन्तर क्रियाशील रहँदै आएका छन् ।

नेकपा हुँदा बागमती प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका लामा सरल र सादगी नेताको रूपमा चिनिन्छन् । एमाले बागमती प्रदेशको अधिवेशन असोज ८ गते भृकुटीमण्डमा उद्घाटन हुने छ । बन्द सत्र भने प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ । एमाले बागमती प्रदेशमा ४७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ । १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन् । अधिवेशनले ५३ प्रतिशतभन्दा बढी आकार घटाउने छ । अबको अधिवेशनले २५५ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>