Breaking News
आन्दोलनरत शिक्षकसँग वार्ताको जिम्मेवारी गृहमन्त्री श्रेष्ठलाई
०

काठमाडौं, जेठ ४-
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको तर्फबाट शिक्षकहरुसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता गर्ने बताएका छन् ।
उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षक आन्दोलनबारे ब्रिफिङ गर्दै प्रधानमन्त्रीसँग छलफल गरेर गृहमन्त्रीलाई जिम्मेवारी दिएको बताए ।
बिहान एक चरणमा छलफल भइसकेकाले आजै बेलुका अर्को चरणमा छलफल हुने बताए । उनले अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पूरा गर्नेगरी जाने उनले बताए ।
उनले वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने बताए । शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने उनको भनाइ छ । मागअनुसार सहमति कार्यान्वनयमा सरकार प्रतिबद्ध रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>