चितवन विशेष
भरतपुरको शारदानगरमा चलिरहेको तीज महोत्सवमा १० हजार बढी दर्शकले गरे अवलोकन
०

चितवन, असोज ३
भरतपुर महानगरपालिका–१९ शारदानगर हेल्थपोष्ट पछाडि सञ्चालन भइरहेको तीज महोत्सवमा १० हजार बढी दर्शकले अवलोकन गरेका छन् ।
भरतपुर–१९ का वडा अध्यक्ष प्रकाश तामाङले तीजको अवसरमा गरिएको मेलामा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको बताएका हुन् ।
अध्यक्ष तामाङले तीजको दुई दिन महोत्सवमा दर्शकहरु खचाखच रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ असोज ९ गते सकिने मेलामा कपडाका स्टलहरु, मनोरञ्जन र विभिन्न खेलहरु राखिएको छ ।’ मेलामा तीजको अवसरमा कलाकार दुर्गेस थापाले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । महोत्सवमा राष्ट्रिय कलाकारहरु र चितवनका स्थानीय कलाकारहरुले विशेष प्रस्तुतिहरु दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























