स्वास्थ्य

तीज मनाएर घर फर्कदैँ गरेकी महिलाको गहना लुटियो, दुईजना पक्राउ

Banner

असोज,काठमाडौँ ३- 

काभ्रेको पनौतीस्थित माइतीबाट बतासे घरतर्फ फर्किने क्रममा एकजना महिला लुटिएकी छन्। माइतीबाट तीज मनाएर घरतर्फ जाने क्रममा धुलिखेल नगरपालिका-१० बतासेडाँडास्थित चोकोट गैरीगाँउ जङ्गलमा ३७ वर्षीया अनिता थापालाई हतियरा देखाएर लुटपाट गरिएको हो।

पनौतीस्थित माइतीबाट बतासेस्थित घर फर्किने क्रममा उक्त जङ्गलमा कालो मास्क लगाएका दुईजना अपरिचित व्यक्तिले उनलाई लुटपाट गरेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुले चक्कु देखाई घाँटीमा लगाउने डेढ तोला सुनको सिक्री, तिलहरी र कानका झुम्का २ थान लुटेर फरार भएका थिए। ती लुटेर दुवैजनालाई प्रहरीले लुटपाट गरेको सुनसहित पक्राउ गरेको छ।

प्रहरी चौकी पनौतीको टोलीले मंगलबार दिउँसो साढे ३ बजे सुनसहित काभ्रेको तिमाल गाउँपालिका-२ घर भई हाल पनौती नगरपालिका-४ डेरा गरी बस्ने २७ वर्षीय आकाश दोङ र काभ्रेकै खानीखोला गाउँपालिका- घर भई हाल पनौती-६ मा बस्ने २७ वर्षीय श्रीराम लोप्चनलाई पक्राउ गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>