चितवन विशेष
खाजा पसलबाट लागुऔषध बरामद, सञ्चालक पक्राउ
०

चितवन, असोज ०१-
चितवनमा लागुऔषधको ठूलो परिमाण सहित एक जना पक्राऊ परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १२ का सुर्य बहादुर कार्की आज (सोमबार) पक्राउ परेका हुन्।
खाजा पसल सञ्चालक कार्कीले लुकाई छिपाई लागुऔषध राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनको पसलबाट गाँजा ९४० ग्राम, प्रतिबन्धित औषधी ट्रामाडोल ५ हजार ७ सय ६६ ट्याब्लेट, प्रोमेथ २ हजार ९ सय ३८ ट्याब्लेट, एनार्गन २ हजार ७ सय ३५ ट्याब्लेट बरामद गरेको चितवन प्रहरीले जनाएको छ।
साथै उनको साथबाट १ लाख ६ सय रुपैयाँ फेला परेको थियो। कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>