समाचार

डेढ दशकमा एनसेलले सरकारलाई तिर्‍यो २८३ अर्ब

Banner

काठमाडौं भदौ ३१-
एनसेल आजियाटा लिमिटेडले १८ वर्षको अवधिमा नेपाल सरकारलाई दुई खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर बुझाएको छ । आइतवार आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा एनसेलले स्थापना कालदेखि आर्थिक वर्ष २०७९र८० मा सो रकम कर र अन्य शुल्कका रूपमा तिरेको जनाएको हो ।

नेपालको सबैभन्दा ठूलो करदातामध्ये एक एनसेलले कर बाहेक शिक्षा, वातावरण र स्वास्थ्यको क्षेत्रमा सो अवधिमा एक अर्ब ८० करोड रुपैयाँ बढी योगदान दिएको समेत उल्लेख छ । यसका साथै एनसेलले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामुदाय स्तरमा लागू हुने सामाजिक पहल १८ का लागि १८ कार्यक्रम सुरु गरेको छ ।

यस अन्तर्गत एनसेलले सातै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन आह्वान गरेको छ । इच्छुक संस्थाले एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

निश्चित मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने त्यस्ता सीएसआर (व्यावसायिक सामाजिक उत्तरदायित्व) आयोजनाका लागि कम्पनीले १८ ओटा परियोजनामा प्रति परियोजना १० लाख रुपैयाँ प्रदान गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>