चितवन विशेष

चितवनमा भएको शोधसारको भिडियो प्रस्तुतिकरणमा दुई विद्यार्थी क्षेत्री र न्यौपाने पुरस्कृत

Banner

चितवन, भदौं ३१-

विज्ञान दिवसको अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा भएको शोधसार विशेष भिडियो प्रस्तुतिकरण प्रतियोगितामा दुई विद्यार्थी पुरस्कृत भएका छन् ।

विज्ञान साक्षरता र उद्ययमशिलता, सबल अर्थतन्त्रको आधारशिला नाराका साथ मनाइएको विज्ञान दिवसमा शोधसार भिडियो प्रस्तुत गरेर अस्मित न्यौपाने र गंगा क्षेत्री पुरस्कृत भएका हुन् ।

कृषि विश्वविद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा क्षेत्रीले ५० हजार रुपैयाँ र न्यौपानेले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । शोधसारमा तीन मिनेटको भिडियो आह्वान भई दुई महिनाको विभिन्न चरणको परीक्षण पार भइ आज प्रस्तुत दुई तहका ५–५ जनाको प्रस्तुतिबीच न्यौपाने र क्षेत्री पुरस्कृत भएका छन् । पुरस्कृत विद्यार्थीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा.सूर्यकान्त घिमिरेले पुरस्कार हस्तान्तरण गरेका छन् ।

बोस्टन इन्टरनेशनल तथा अंकुरम एकाडमीको सहयोगमा, पोखरा विश्वविद्यालय, जिपास्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालयलगायतका संस्थाहरुको संयुक्त प्रयासमा गत वर्ष देखिन् सुरु भएको यस प्रतियोगितामा २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक डा ढाकाराम भण्डारीले नेपालमा अध्ययन र अनुसन्धानमा जोड दिन सुरु भएको तर प्रशासनिक जटिलताले हामी धेरै पछि परेकाले त्यसलाई सहज बनाउन प्राविधिकहरुले नै मेहनत गर्नुपर्ने बताए ।

कार्यक्रममा बोस्टन इन्टरनेशनल कलेज हाकिमचोकका अध्यक्ष आनन्दबहादुर चन्दले कृषि तथा वन विज्ञान विश्वविद्यालय र बोस्टन कलेजले केही वर्ष देखिन् उद्यमशिलता विकासमा संयुक्त रुपमा उल्लेख्य काम गरिरहेको र त्यसमा अझ प्रभावकारी रुपमा अघि बढ्न केही थप प्रयास भइरहेको विचार राखे । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशक डा ऋषिराम कट्टेलले विश्वविद्यालयले निकट भविष्यमा नै ग्राजुयट कन्फ्रेन्स गर्दै गरेको जानकारी दिँदै यस्ता अनुसन्धानहरुलाई उद्यमशिलतामा जोड्दै देश विकासको बाटोमा अघि बढ्न सम्पूर्ण विश्वविद्यालयहरु एक ठाउँमा आउनुपर्ने र कृषि विश्वविद्यालय सबै विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुलाई स्वागतगर्न तत्पर रहेको जानकारी दिए ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टार प्रा डा. शारदा थपलिया, विश्वविद्यालयको परीक्षा नियन्त्रक प्रा डा सुनिला राई, कृषि संकायका डीन प्रा डा अर्जुनकुमार श्रेष्ठ, संयुक्त राज्य अमेरिकाका वातावरण विज्ञ प्रा डा नविन मालाकारलगायत पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>