चितवन विशेष

चितवनमा ग्रेसको शैक्षिक मेला, ८०० विद्यार्थीको सहभागिता

Banner

चितवन, भदौं ३०-

ग्रेस इन्टरनेशनल एजुकेसनले भरतपुरमा शुक्रबार गरेको शैक्षिक मेलामा ८०० जना विद्यार्थीले सहभागिता जनाएका छन् ।

बिहान १० बजेदेखि नारायणगढ शहिद चोकस्थित आफ्नै कार्यालयमा भएको मेलामा बेलायत, क्यानडा, अमेरिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २५ जना प्रतिनिधिहरुको उपस्थितिमा मेला भएको हो ।

ग्रेसले चितवनसहित देशका ८ ठाउँमा शैक्षिक मेला सम्पन्न गरिसकेको छ । यसअघि दमक, विराटनगर, विर्तामोड, हेटौडामा सम्पन्न भएको थियो । अब बुटवल, पोखरा, काठमाडौँमा बाँकी रहेको ग्रेसले जनाएको छ ।

मेलामा विदेश अध्ययनमा जान चाहने विधार्थीलाई अवसर, योजना र भविष्यका बारेमा सम्पूर्ण जानकारी दिइएको थियो । अहिले विधार्थीहरु अध्ययनका लागि विदेश जाने र नेपालमा अवसरको कमीका कारण विदेशमै पलायन हुने प्रवृत्ति बढिरहेको अवस्थामा ग्रेस इन्टरनेशनल एजुकेशनको शैक्षिक मेलाले विदेश अध्ययनपछि नेपालमा अवसरको सम्भावना, भविष्यको योजना बनाउने तरिकालगायतका विषयमा जानकारी गराएको छ ।

विधार्थीहरुले विदेशका प्रतिष्ठित कलेज\युनिभर्सिटी प्रतिनिधिसँग आफूले अध्ययन गर्ने चाहेको विषयका बारेमा प्रत्यक्ष रुपमा परामर्श लिएको ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले बताए । उक्त परामर्श कार्यक्रमले विधार्थीलाई आफूले चाहेको विषय छनौटका लागि सहज भएको उनको विश्वास छ । कतिपय विधार्थी शैक्षिक प्रमाणपत्रसहित उपस्थित भएकाले आफ्नो योग्यता अनुसारको विषय छनौट गर्न सहज भएको उनले बताए । प्रमाणपत्रकै आधारमा विद्यार्थीले छात्रवृत्ति बारे पनि जानकारी पाएका थिए । मेलामा सहभागी विधार्थीहरुले आईएलटीएस र पीटीईमा विशेष छुट पाएका छन् । यस्तै मेलामा आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको थियो ।
१७ वर्षदेखि परामर्श दिँदै आएको ग्रेस इन्टरनेशनलले विधार्थीहरुको आवश्यकता अनुसार हरेक वर्ष अष्ट्रेलिया, अमेरिका, युके र क्यानडा शैक्षिक मेलाको आयोजना गर्दै आइरहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>