अटो

नारायणगढको नविन अटो सेन्टरद्वारा चितवनमा एफजेड एस भीथ्रीको नयाँ अवतार सार्वजनिक

Banner

चितवन, भदौं २८-

नारायणगढ, चितवन र नवलपरासीका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारित बिक्रेता नविन अटो सेन्टरले एफजेड एस एफआई भीथ्रीको नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ ।

मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरुमा उपलब्ध डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको छ । मोटरसाइकलमा फ्युल इन्जेक्सन १४९ सीसीसहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड एसएफआई भर्सन ३.० एयर कल्ड फोर स्टोक १४१ सीसी एसओएचसी फ्युल इन्जेक्श १४१ सीसीसहित एसओएससी, दुई भल्भ, एकल सिलिण्डर, इन्धन–इन्जेक्टेड इन्जिन रहेको विज्ञप्तिमा जनाइएको छ । नविन अटो सेन्टरले प्रेषित गरेको विज्ञप्ति अनुसार नयाँ अवतार रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाइलो अनुभूति हुने जनाइएको छ । नयाँ मोटरसाइकलमा डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएस रहेको छ ।

नविन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले विज्ञप्तिमा भनेका छन्, ‘ एफजेड एस भीथ्री धेरै मोटरसाइकल प्रेमीहरुको मनमा बस्न सफल मोडल हो । त्यसैले हामी यसको नयाँ रङ विकल्पहरु, नेभी व्लु र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरुसहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौं । नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टिनेस, स्टाइल र उत्साहका विशेषताहरु साच्चै झल्काउने छ । यामाहा एफजेड एसले सधै आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ । हामी नेपाली बजारमा यी अपडेटहरु ल्याउन पाउँदा अत्यन्त खुसी छौं । हाम्रा राइडरहरुले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलले प्राप्त गर्दै छ ।’
यमाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो बिरासत बनाइरहेको विज्ञप्तिमा जनाइएको छ । बजारबाट प्राप्त सुझावहरुको प्रतिक्रियामा निरन्तर सुधार गर्दै आफ्नो नयाँ उत्पादनहरु बजारमा ल्याउने कम्पनीको प्रतिबद्धता छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>