चितवन विशेष

भरतपुरमा महिला सशक्तिकरणको लागि ग्राफिटी आर्ट प्रस्तुति

Banner

चितवन, भदौं २८-

तीजको अवसरमा महिला सशक्तिकरणको लागि भरतपुरमा ग्राफिटी आर्ट प्रस्तुति भएको छ ।

नारायणगढ हङकङ बजारमा रहेको चित्रकथा बुटिक एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा बुधबार सो प्रस्तुति भएको हो ।

ग्राफिटी आर्टको प्रस्तुति कार्यक्रममा चित्रकथा तालिम लिएका विद्यार्थीहरु ९ जनाले फेसन डिजाइनिङको प्रस्तुति गरेका छन् । चित्रकथाकी सञ्चालिका अनिता तामाङका अनुसार तिजको अवसरमा विद्यार्थीहरुले सिकेको केही कला देखाउने अवसरको लागि कार्यक्रम गरेको नारायणी अनलाइनलाई जानकारी दिइन् । देशको सांस्कृतिक विविधतालाई बुझाउने गरी विद्यार्थीहरुले ग्राफिटी आर्ट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख नारायणप्रसाद खनालले महिलाहरुलाई यस्ता खालका व्यवसायिक कामहरु गर्दा आफ्नो कार्यालयले गर्ने सहयोगको बारेमा जानकारी गराए । कार्यक्रममा फोटोग्राफी र भिडियोग्राफीको सहयोग भरतपुरको वेडिङ स्टेशनले गरेको थियो । कार्यक्रमको कोरियोग्राफी सलिन श्रेष्ठले गरेका थिए । सोही अवसरमा चित्रकथाको सञ्चालिका अनिताले विभिन्न विद्यामा तालिम लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

आज भन्दा पाँच वर्ष अगाडि नारायणगढमा स्थापना भएको चित्रकथा बुटिक एण्ड ट्रेनिङ सेन्टरले सिलाइकटाइ, फेसन डिजाइनिङ, हाते कडाइ, एड्भान्स फेसन डिजाइनिङ कोर्ष, क्र्यास कोर्सलगायत महिला सशत्तिकरणका विभिन्न तालिमहरु दिँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>