Breaking News
स्वास्थ्य र शिक्षा निःशुल्क भए आत्महत्या दर घटाउन सकिन्छः स्वास्थ्य मन्त्री बस्नेत

चितवन, भदौ २६-
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दिनको एक घण्टा समय शारिरीक व्यामकाको लागि छुट्टाउनुपर्ने बताएका छन् । मन्त्री बस्नेतले आफ्नो शरिर स्वस्थ राख्नका लागि व्याम अनिवार्य भएको बताएका हुन् ।
‘मैले बिहान नसके बुलुका व्याम गर्छु । स्वास्थ्य स्वस्थ राख्न व्याम आवश्यक छ,’ उनले भने ‘एक घण्टा आफ्नो लागि छुट्टाउनुपर्छ ।’ बेलैमा दैनिक व्याम गरेमा दिर्घरोगको समस्या नहुने उनले बताए । व्याम गरेपछि मानसिक स्वास्थ्य समेत ठिक हुने मन्त्री बस्नेतको भनाई छ ।
उनले स्वास्थ्य र शिक्षा निःशुल्क भए आत्महत्याको दर समेत घट्ने दाबी गरे । स्वास्थ्य र शिक्षालाई सहज बनाउन तर्फ सरकार लागको उनको भनाई छ । ‘अहिले नेपाल सकारले प्लस टुसम्म निःशुल्क गर्ने व्यवस्था ल्याउँदै छ,’उनले भने, ‘हुनेखानेका लागि सहज बनाउने र गरिबलाई निःशुल्क बनाउने हो ।’ सरकारले कम्तिमा स्नातक तहसम्म निःशुल्क शिक्षा दिन सरकारले सक्नुपर्ने बताए ।
मन्त्री बस्नेतले आफु मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गरेको बताए । अहिले जनरल बेड निःशुल्क गरिएको छ । प्राईभेटमा पनि १० वटा बेड निःशुल्क हुनुपर्ने व्यवस्था गरेका छौँ, ’उनले भने ‘गरिब र विपन्नले पनि सहज उपचार पाउनुपर्छ भन्नेमा सरकार छ ।’


























